बुधबार १३ आश्विन २०७८

गोर्खा । नेपाली समाजमा महिलाकालागी एउटा भन्ने चलन,‘जस्ले घरको संघार नाघेर जान्छ त्यसलाई त्यो घरमा फर्कने कुनै अधिकार नै छैन ।’ तर यो भनाईलाई नकारेकाछन् इण्डियन लाहुरे राहूल गुरुंगले । उनले एक महिना अगाडी आफ्नो घरको संघार नाघेर अर्कैसंग गएकी श्रीमती स्मीतालाई फेरी आफ्नै घर र मनमा बास दिएका छन् । राहूलको यो निर्णयको यतिबेला संसारभरीबाटै सबैले प्रशंसा गरेका छन् ।

केही दिन अघिमात्र आफुलाई र छोरीलाई छाडेर नारायण यादवसंग भागेकी श्रीमती स्मीतालाई फेला पारेका राहूलले आईतबार सम्बन्ध विच्छेदको कागजमा साईन गरिदिएर स्मीतासंगको सबै सम्बन्ध तोडिदिएका थिए । तर जतिजति दिन र रात बित्दै गयो त्यति त्यति राहूललाई स्मीताको मायाले सताउँदै गयो । अन्ततः उनले समाजले र कानूनले बनाएको कागजको टुक्रालाई भन्दा बढी प्राथमिकता आफ्नै श्रीमती स्मीतालाई नै दिए । र पुनहः स्मीताको सिन्दुरमा सिउँदो भरिदिए ।

भनिन्छ साँचो मायाको सामन्ने ईश्वरलाई झुक्नु पर्छ भने मान्छे त तिनै इश्वरद्धारा बनाइएका न हुन् । राहुलको रुप देखेर उनीसंग बिहे गर्न चाहानेहरुको लर्को पनि सोशल मिडियामा नलागेको होइन । राहूलसंग बिहे गर्न चाहेकाहरुले स्मीता र राहूल एक नभईदिए हुन्थ्यो भनेर सायदै कामना गरेका थिए पनि होलान् । तर जोडी मानिसले नभई माथिबाटै बन्छ भन्ने कुरा राहूल र स्मीताको पुर्नमिलन देखेर थाहा हुन्छ ।

यो पुनरमिलन गराउनमा राहूलको मात्र हात नभई दुवै पक्षका परिवारको पनि उत्तिकै सकारात्मक भूमिका रहेको छ । राहूलकी आमाले त नातिनी युरिकाकोलागी भएपनि आफु निकै नै खुशी भएको बताएकी छन् । स्मीताले पनि आफ्नै सबै गल्तीहरु स्वीकार गरेकी छन् भने सबैका हिरो बनेका राहूलले पनि आफुले १४ वर्षमा बिहे गरि ल्याएको श्रीमती स्मीताका सबै गल्तीहरुमा माफि दिएका छन् । यतिबेला उनी आफ्नै पुर्खेउली घर गार्खामा पारिवारिक भेटघाटकालागी जाँदैछन् । भिडियोसहित

४२७ पटक हेरिएको

तपाईको प्रतिक्रिया